कपिलवस्तु । राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका पुर्णचन्द्र परियार चयन हुनुभएको छ । विहिबार कपिलवस्तुको बाणगंगामा भएको तेस्रो अधिवेशन बाट परियारको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनले उपाध्यक्षमा लोकेन्द्र सुनार, प्रथम उपाध्यक्षमा चन्दा गुरुङ्ग, दितिय उपाध्यक्षमा भुवन खड्का, महिला उपाध्यक्षमा उषा दसौती, उपाध्यक्षमा सुरज गौतम, महासचिवमा अशिम कंडेल क्षेत्री, सचिबमा नकुल परियार, सुनिता रेगामी मगर, कोषाध्यक्षमा दिपक वलि, सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, प्रवक्तामा रमेश वलि र सदस्य मा सबिन रणपाललाई चयन गरेको छ ।
बाँकी सदस्य तथा विभिन्न विधाका उपसमिति विधानत मनोनयन गरिने निर्वाचन मण्डलका संयोजक बुद्दिसागर बेल्बासेले बताउनुभयो ।

