श्रृगिंघाट सामुदायिक वनको १३औं साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । श्रृगिंघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार वनले बाणगंगाको श्रीपेच होटलमा सभा सम्पन्न गरेको हो । वाणगंगा नगरपालिका–१, ३, ४ र ५ वडामा फैलिएको ५७० हेक्टर क्षेत्रफलको यो वनले १४ मौजाका २,०४३ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको छ ।

सभामा विगत वर्षका उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका लक्ष्य र प्रतिबद्धताहरू प्रस्तुत गरिएका थिए। समूहकी सचिव सुस्मा खाणले २०८१ र८२ को प्रगतिविवरण प्रस्तुत गर्दै वन संरक्षण, पैदावर व्यवस्थापन र सामुदायिक विकासका कार्यक्रमहरूमा उल्लेखनीय प्रगति भएको बताइन् । कोषाध्यक्ष विना रानाले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखी आय–व्यय प्रतिवेदन सार्वजनिक गरिन् ।

समूहका अध्यक्ष शुसिल सिंह ठकुरीले २०८२र८३ का लागि ९ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्दै स्थानीय तह र सरोकारवालासँग सहकार्यमा दिगो वन व्यवस्थापनका योजना अघि सारे । उनले भने, “हामी सबैको सहकार्य र समर्पणले मात्र हाम्रो वन सुरक्षित र समृद्ध बन्न सक्छ ।”

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनमा पारदर्शिता, सुशासन र प्रविधिको प्रयोग बढाउँदै युवाहरूलाई सहभागी गराउन सुझाव दिए । उनले वनको दीर्घकालीन उपयोग र उत्पादन व्यवस्थापनलाई आर्थिक–सामाजिक विकाससँग जोड्नुपर्नेमा जोड दिए ।

सभामा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरे, बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, वैज्ञानिक वन व्यवस्थापन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेन, र लुम्बिनी वन पैदावर समितिका अध्यक्ष रुकबहादुर भुसाल लगायतले शुभकामना मन्तव्य राख्दै श्रृगिंघाट सामुदायिक वनलाई वाणगंगाको नमुना वनको रूपमा प्रशंसा गरे।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बन हेरालु र सदस्यहरूलाई नगद पुरस्कार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
सभाको सञ्चालन सचिव सुस्मा खाणले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष बुद्धबहादुर शाहीले दिएका थिए ।
लेखा समितिका संयोजक गुरुदेव पौडेलले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा विभिन्न मौजाका प्रतिनिधि, छिमेकी वनका अध्यक्ष, स्थानीय सरकारका प्रतिनिधि, पत्रकार र समाजसेवीहरूको उपस्थिति थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *