शितगङ्गामा ६६ वटा कार्यक्रम सम्झौता हुँदा १४ वटाको मात्र भुक्तानी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा हाल सम्म ६६ वटा कार्यक्रम तथा सम्झौता हुँदा १४ वटा कार्यक्रम तथा योजनाको भुक्तानी भएका छन । आज मङ्गलबार १६ औं नगर सभा तथा प्रथम अधिवेशनमा योजना अधिकृत नुमलाल खनालले चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

नगरका जम्मा ४९१ वटा योजना तथा कार्यक्रम रहेका छन । नगर सभा तथा अधिवेशनमा सहभागीहरूले आआफ्नो क्षेत्रका समस्या तथा नगरका कमजोरीहरूलाई जोडतोडका साथ उठाएका थिए । उनीहरूले पालिका राजस्व सङ्कलनमा कमजोर रहेको, प्राथमिक तहका विद्यालयमा खाजाको पैसा नपुगेको, विद्यार्थीको सङ्ख्या अनुसार शिक्षकको सङ्ख्या अपुग तथा बढी भएको, नगरका कर्मचारी मिलान तथा हेरफेर विषय, नगरपालिकाका कार्यक्रम पार्टीका कार्यक्रम जस्तो भएको जस्ता विभिन्न विषयमा गुनासा तथा सुझाबहरू राखेका थिए ।

त्यस्तै नगरको चालू आर्थिक वर्षको अहिले सम्म भएको आयव्यय, शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको अवस्था नगरका योजना अधिकृत नुमलाल भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै नगर उपप्रमुख गीता भाटले प्रस्तुत गरेको १५ औँ नगरसभा बाट पारित भएका कार्यक्रमहरू संसोधन तथा अनुमोदन बहुमतले पारित भएको थियो ।

नगर प्रमुख छविलाल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नगर उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सदस्यहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *