विकासको अनुभूति हरेक घरसम्म पुर्याउने छु: उम्मेद्वार मुसलमान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भए कपिलवस्तु–१ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अग्रणी बनाउने दाबी गरेका हुन्।

उनले भने, “कपिलवस्तु–१ मा सडक, सिंचाइ, खानेपानी र विद्युत् विस्तारका कामलाई तीव्रता दिइनेछ। युवालाई रोजगारी र सीपमूलक तालिममार्फत स्वदेशमै अवसर सिर्जना गरिनेछ। किसानका उत्पादनले बजार नपाउने समस्या समाधान गर्न विशेष योजना ल्याइनेछ।”

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुसलमानले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक शिक्षाको विस्तार तथा स्वास्थ्य चौकीहरूलाई सुविधासम्पन्न बनाउने योजना सुनाए। उनले भने, “विकासको अनुभूति हरेक घरसम्म पुग्नुपर्छ, केही सीमित ठाउँमा मात्र होइन।”

स्थानीयसँगको संवादमा उनले विगतमा अधुरा रहेका योजनाहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पारदर्शी र उत्तरदायी नेतृत्व दिने बताए। “जनताको विश्वास नै मेरो शक्ति हो। मैले जितेपछि जनतासँग गरेका बाचा पूरा गर्नेछु,” उनले भने।

मुसलमानले कपिलवस्तु–१ लाई समावेशी, समृद्ध र अवसरयुक्त क्षेत्रका रूपमा चिनाउने लक्ष्य रहेको बताउँदै मतदातासँग समर्थन र विश्वासको अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *