लुम्बिनी प्रदेश सरकारको बजेट ७२ प्रतिशत खर्च 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लुम्बिनी प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पुँजीगत तर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ ७२.८७ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।

यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये १० अर्ब ९९ लाख रुपैयाँ अर्थात् ७१.६८ प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारले असारमा मात्र साढे ५ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा ५ अर्ब ५२ करोड ५९ लाख ४६ हजार रुपैयाँ खर्च भएको हो ।

प्रतिशतका हिसाबले लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले धेरै बजेट खर्च गरेको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले विनियोजित कुल बजेटको ८५.४० प्रतिशत खर्च गरेको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८.९२ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ६८।२० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ६२.६२ प्रतिशत बजेट खर्च गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७७.०७ प्रतिशत, कृषि, भूमि तथा व्यवस्था मन्त्रालयले ६७.६९ प्रतिशत बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ६१.८३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६५.७५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ७१.३८ प्रतिशत र स्वास्थ्य मन्त्रालयले ६.०४ प्रतिशत बजेट खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ६६.९३ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयमा चालु आर्थिक वर्षका लागि १० अर्ब ४८ करोड ७६ लाख १८ हजार रुपैयाँ विनियोजन भएको थियो, जसमध्ये ७ अर्ब १ करोड ९६ लाख ६४ हजार ५०० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *