लायन्स र लियो क्लबको रक्तदानः सय बढी प्वाइन्ट रगत सङ्कलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै लायन्स र लियो क्लबले कपिलवस्तुको चारनम्बरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय बढी प्वाइन्ट रगत सङ्कलन भएको छ । जेनजी आन्दोलनमा घाइते भएका सम्पुर्णहरुलाई उपचारको क्रममा रगत अभाव नहोस भन्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन भएको लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

कपिलवस्तुमा मात्र नभएर देशभरमा नै रगतको अभाव हुँदा लायन्स क्लब अग्र पङ्तीमा खटेर रक्तदान कार्यक्रम सञ्चालन गरेको भन्दै अहिले पनि सोहि अनुरुप कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी, लायन्स क्लब अफ कपिलवस्तु स्टर, लायन्स क्लब अफ कृष्णनगर र लियो क्लब अफ कपिलवस्तुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखा, सि एण्ड सि अस्पताल र बाणगंगा क्याटरिङ तथा टेन्ट हाउसको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *