रोजगारको बाटो देखाउदै ‘कपिलवस्तु स्कुल अफ होटेल म्यानेजमेन्ट’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । देशमा रोजगार नहुँदा लाखौ युवा विदेसिन बाध्य छन । विदेश गएका कयौँ युवहरुले पनि आफुमा सिप नहुँदा भनेजस्तो काम र चाहेजस्तो सेवा सुविधा पाउन सकिरहेका छैनन् । शिक्षामा विभिन्न डिग्री हासिल गरेपनि सिप नुहँदा सर्टिफिकेट दराजमा थन्क्याएर देशमै बरालिने र विदेशमा दुख पाउने युवाहरुको समुह पनि उस्तै छ । तर पछिल्लो समय बाणगंगामा रहेको कपिलवस्तु स्कुल अफ होटेल म्यानेजमेन्टले भने युवाहरुलाई सिप सिकाई रोजगार सृजना गर्नमा ठुलो भुमिका खेलेको छ ।

करिब १ वर्ष अगाडि देखि सञ्चालनमा आएको यस संस्थाले होटेल सङ्ग सम्बन्धित विभिन्न सिप सिकाइरहेको छ । सिप सिकेर स्वदेशमै काम गर्नेको लागि मात्र नभएर विदेश जान खोज्नेको लागि पनि यसले ठुलो सहयोग गरेको छ । प्लस टु पछि उच्च शिक्षाको लागि विभिन्न देशमा जाने विद्यार्थीहरुको लागि त्याहाँ गैसकेपछि सुरुवाती चरणमा काम गर्नको लागि पनि नेपालमा सिकेको सिप महत्वपुर्ण हुने गर्दछ । त्यस्ता आधारभुत सिप सिकाउनको लागि पनि यस संस्थाले उपयुक्त कदम चालिरहेको छ ।

May be an image of 6 people and text
संस्थाले नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल, जपनिज (सुसि) लगायत विभिन्न देशका खाना बनाउने, बारिस्ता, वेटर, रिसेप्सनिस्ट, हाउस किपिङ, क्लिलिङ, बारटेन्डिङ लगायत विभिन्न सिपहरु सिकाइएको संस्थाका सञ्चालक दिलिप आलेले जनहित अनलाइन सङ्ग बताउनुभयो । त्यस्तै सञ्चालक मध्येकै अर्का सदस्य तिलक आचार्यले देशमा सोचेजस्तो परिस्थिती नबन्दा विदेश जान थालेका युवा युवतीहरुले नेपाल मै केहि सिप सिकेर जानुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै यस्तो कार्यको थालनी गरेको जनहित सङ्ग बताउनुभयो ।

सञ्चालन भएको १ वर्ष मै संस्थाले कयौँलाई रोजगारी प्रदान गरेको छ, भने कयौँ संस्थामा सिकेको सिप लिएर विदेश गएको सञ्चालकहरुले बताएका छन ।

May be an image of 6 people and text

May be an image of 16 people, people studying and text

May be an image of 1 person and fire

No photo description available.

No photo description available.

Photos: Kapilvastu Hospitality School 

Leave a Reply

Your email address will not be published. Required fields are marked *