जनहित अनलाइन, कपिलवस्तु । आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु क्षेत्रनम्बर १ ले भोलि वृहत मोटरसाइकल र्याली गर्ने भएको छ । बाणगंगाको चारनम्बर चोक बाट सुरु हुने र्याली पकडी, चाकलचौडा, जगदिसपुर हुँदै ओदारीमा आएर कोर्ण सभामा परिणत हुने रास्वपाले जनाएको छ ।
क्षेत्रनम्बर १ का उम्मेदवार मोहनलाल आचार्य सहित र्याली बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
मोटरसाइकल र्याली हुने स्थान र समय हेर्नुहोस्
– बिहान १० बजे चारनम्बर चोक
– पिपरा — प्रगतिनगर — कोरिया चोक (सोहसा — नन्दनगर)
– दिउसो १२ बजे लवनी (मुडपुटवा — कर्मा — वेलभरिया — विमिय — पकडी
– दिउसो १ बजे पकडीबाट प्रस्थान — चाकलचौडा — पिपरा — कर्माहवा — दोहनी( बर्होहिया — फुलिका — पचेहरा
– दिउसो ३ बजे जहदी — जगदिशपुर — बैदौली — कोपवा — मनोहरपुर — बनगाई — भलवाड — बोडगाउँ — चारनम्बर — गजेहडा — ओदारी
– साँझ५ बजे ओदारीमा कर्णसभा गरि सम्पन्न


