रास्वपा कपिलवस्तु १ को बाचा-पत्र सार्वजनिक : ५ वर्षमा १० काम 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन , कपिलवस्तु फागुन २१ मा हुने प्रतिनिधि सभा  निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १  मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनले निर्वाचित भैसकेपछि ५ वर्ष भित्र गर्ने १० कामको बाचा-पत्र सार्वजनिक गरेका छन । 

                         उम्मेदवार मोहन आचार्यको परिचय

मोहन आचार्य नेपालका प्रख्यात संविधानविद्, कानूनविद् तथा मानव अधिकारकर्मी हुन् ।

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सक्रिय छन् । 

उनको स्थायी ठेगाना बाणगङ्गा न.पा.-५, कोपवा हो भने हाल बाणगङ्गा न.पा.-४, चारनम्बर, कपिलवस्तुमा घर भई कामको सिलसिलामा ललितपुरमा बसोबास गर्दै आएका छन् ।

तत्कालीन कोपवा गा.वि.स. वडा नं. ३, सिमलखोर घर भई महेन्द्र मा.वि.कोपवाबाट कक्षा ७ सम्म अध्ययन गरी बाणगङ्गा मा।वि। गजेहडाबाट २०४७ सालमा एस.एल.सी शिक्षा पुरा गरेका आचार्यले २०५५ सालमा सिद्धार्थ क्याम्पस, बुङ्गचीमा राजनीतिशास्त्रको अध्यापनसमेत  गरेका थिए । 

              शैक्षिक पृष्ठभूमि
अन्तर्राष्ट्रिय कानूनमा स्नाकोत्तर ( प्रथम श्रेणीमा प्रथम )
समाजशास्त्रमा एम.ए.

         व्यवसायिक तथा संस्थागत अनुभव
नेपाल बार एशोसिएशन अन्तर्गत मानव अधिकार परियोजनाको क्षेत्रीय संयोजक

 राष्ट्रिय मानव अधिकार आयोगको पहिलो क्षेत्रीय कार्यालय, नेपालगञ्जमा क्षेत्रीय निर्देशक (द्वन्द्वकालीन
सेवा)
IRC (INGO) मा कार्यक्रम निर्देशक
संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (UNDP)न्तर्गत संविधान निर्माण सहयोग परियोजनामा कानून विभाग प्रमुख तथा संविधान सभा विशेषज्ञ

डेनमार्क राजदुतावासमा सुशासन सल्लाहकार

 JURI NEPAL र  नेपाल कानून समाजमा कार्यक्रम निर्देशक

            संविधान र कानूनका विषय विज्ञ
नेपालको संविधान निर्माण प्रक्रियामा सङ्घीय प्रणाली, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायपालिका, मौलिक हक तथा मानव अधिकार जस्ता विषयमा प्रमुख योगदान

 संविधान र कानून सम्बन्धी दर्जनौं पुस्तक, लेख र अनुसन्धान सामग्री प्रकाशन

 सांसद, न्यायाधीश, सरकारी कर्मचारी, स्थानीय तह तथा नागरिक समाजका अगुवालाई तालिम र
अभिमुखीकरण

 संघ, प्रदेश र स्थानीय तहमा कानून तर्जुमा, स्थानीय न्यायिक समितिको सुदृढीकरण

 विभिन्न मन्त्रालय र सर्वोच्च अदालतसँग अध्ययन(अनुसन्धान तथा कानूनी सुधारमा निरन्तर संलग्नता

निर्वाचनसम्बन्धी अध्ययन, तालिम र निर्वाचन पर्यवेक्षणको नेतृत्व

 सामाजिक न्याय र अधिकारका क्षेत्रमा योगदान

 विधिको शासन, मानव अधिकार र संघीयताको सुदृढीकरणका लागि निरन्तर वकालत

 महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशी तथा सीमान्तकृत समुदायको समानुपातिक
समावेशीकरणका लागि सक्रिय पहल

 एसिड आक्रमण, आगलागी र पोलेका घटनाका पीडित, कुष्ठरोग प्रभावित व्यक्ति तथा मुक्त हलिया कम्लहरी,
किसान र मजदुरको हक(अधिकारका लागि निरन्तर संघर्ष

       कपिलवस्तु जिल्लामा विशेष योगदान

 बाणगङ्गा नगरपालिका, शुद्धोधन र मायादेवी गाउँपालिकामा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकास
सम्बन्धी अध्ययन र संघीय सरकारलाई सुधार सिफारिस

स्थानीय तहमा कानून निर्माण तथा न्यायिक समितिको क्षमता अभिवृद्धि

बाणगङ्गा नगरपालिकामा तीन तहबीचको अन्तरसम्बन्ध सम्बन्धी अध्ययन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको
कार्यालयमा प्रतिवेदन पेश र त्यसको कार्यान्वयनमा निरन्तर संलग्नता

 समग्रमा, मोहन आचार्य एक अनुभवी संविधानविद्, नीतिनिर्माता र सामाजिक न्यायका लागि प्रतिवद्ध
अभियन्ता हुन्, जसले ज्ञान, अनुभव र निष्ठालाई व्यवहारमा उतार्दै राष्ट्रिय तथा स्थानीय तहमा दीर्घकालीन
योगदान पुर्याएका छन् ।

 

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को बाचापत्र

सामाजिक न्याय सहितको समृद्ध कपिलवस्तुका लागि वर्ष ५, काम १० मेरो वाचा
१) कृषितर्फः– किसानको उच्च प्रकारको सम्मान, आधुनिक व्यवसायिक कृषि फर्म, सिचाई, उन्नत विउ विजन तथा अनुदान सहितको मलको सुलभ व्यवस्था, व्यवसायिक कृषि खाद्य, डिपो तथा बजारिकरणको सुनिश्चिता, नेपालमै प्रांगारिक रासायनिक मल (खाद्) उत्पादनको लागि पहल गरिनेछ साथै कृषि उपज भण्डारणको लागि पालिका स्तरिय कोल्ड स्टोर निर्माण गरिनेछ ।
२) स्वास्थ्यः– यस क्षेत्रको पायक पर्ने स्थानमा मेडिकल कलेज तथा सुविधा सम्पन्न अस्पताल निर्माण साथै पिपरा अस्पताल र स्वास्थ्य चौकीहरुको स्तरोन्नती तथा निःशुल्क स्वास्थ्य उपचारका लागि पूर्ण स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न नितीगत निर्णयका लागि पहल गरिनेछ ।
३) शिक्षाः– शिक्षा क्षेत्रको पूर्ण व्यवसायिक स्तर उन्नतिका लागि नितीगत पहल गर्नुका साथै सबै बिद्यालय तथा मदरसाहरुको शैक्षिक गुणस्तर तथा समान सुविधाका लागि पहल गरिने छ । विश्वबिधालय र शिक्षा विधेयकका लागि पहल गर्ने, जिल्लामा कम्तिमा एउटा पुस्तक वितरण डिपो राखिनेछ ।
४) पर्यटनः– महामानव गौतम बुद्धको यस पावनभुमि अन्तर्गत रहेका धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको स्तर उन्नती तथा प्रवर्धनका लागि बुद्ध सर्किट निर्माण लगाएत रामदतिवन, कपिलधाम, मधुवनधाम, श्रृङ्गीघाट, नंन्दनगर, लक्ष्मणघाट, जखिरा ताल, थारु संग्राहालय, गुम्बा, मठमन्दिरहरुको स्तर उन्नती संरक्षण र पर्वधनमा जोड दिईने छ ।
५) रोजगारीः– कृषि र पर्यटनलाई व्यवसायीक औधोगिकारणको योजनावद्ध कार्यकमको तजुर्मा गरि रोजगारी सृजनाको लागि नितिगत तथा व्यवहारिक रुपमा महसुस हुनेगरी पहल गरिनेछ ।
६) भुमिहिन तथा सुकुम्बाशी समस्या समाधानः मिनाहीडी/ऐलानी/ ८ नं, नदि उकास लगायतका क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका नागरिकका लागि सोही ठाउँमा उपभोगको आधारमा निजकै स्वामित्व कायम हुने गरि व्यवस्था गर्नका लागि पहल गरिनेछ ।
७) यातायातः– यस क्षेत्रभित्र रहेका सबै तहका सडकहरुको स्तर उन्नती, पिपरा–चाकलचौडा सडकलाई प्राथमिकमा राखि लागि पहल गर्ने, सुविधा सम्पन्न २ वटा बसपार्क (वाणगंगा, मायादेवी) का लागि पहल गरिनेछ ।
८) वन तथा वातावरणः– चुरेक्षेत्र, स्थानीय खोलानाला एवं बाणगंगा र कोइली नदि लगाएतको संरक्षण गरि यसबाट हुने आम्दानीबाट सोही क्षेत्रको समृद्धिका लागि योजनावद्ध काम गरिने छ ।
९) युवा बिकासः– युवाहरुको शारिरीक, मानसिक, बौद्धिक बिकासका लागि पालिका स्तरिय खेल मैदान, स्टडियम निर्माण गरि, स्थानिय क्षेत्रमा रहेका खेल मैदानहरुको स्तरोन्नती गरि खेलको माध्यमबाट राष्ट्रका लागि योगदान गर्ने वातावरण निर्माणका लागि प्रेरित गरिने छ ।
१०) सूचना तथा संचारः– यस क्षेत्रका सबैको पहँुच भित्र सूचना र संचारको विस्तार गरि सरकारी कार्यालय, सार्वजनिक स्थलहरुमा निःशुल्क ईन्टरनेट सेवाको प्रबन्ध गरिनेछ ।
माथि प्राथमिकताका साथ उल्लेख गरिएका १० वाचाहरु पुरा गर्न म पूर्ण प्रतिवद्ध छु ।
अन्त्यमा मलाई पूर्ण बिश्वास यो छ कि यो निर्वाचनमा आम नागरिकको विकाश, एक्यवद्धता र सहयोग मात्र होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाब चिन्ह घन्टीमा आफ्नो अमुल्य मत दिई विजयी बनाउनु हुनेछ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *