राप्रपा कपिलवस्तुको अध्यक्षमा सिंह पुनः निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको जिल्ला अधिवेशनबाट नारायण बहादुर सिंह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
आज बुधबार सदरमुकाम तौलिहवामा सम्पन्न अधिवेशनले सिंहको नेतृत्वमा २८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

निर्वाचन समितिका संयोजक प्रभु मिश्रालदेवले अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनका अनुसार निर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम केही दिनभित्र आयोजना गरिनेछ।

अधिवेशनले पार्टी संगठन सुदृढीकरण, जिल्लाभर राप्रपाको प्रभाव विस्तार तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यका साथ नयाँ कार्यसमिति चयन गरेको जनाइएको छ।

पुनः अध्यक्षमा निर्वाचित सिंहले पार्टीको नीति, सिद्धान्त र संगठनलाई मजबुत बनाउँदै जनताको मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

May be an image of one or more people, people studying, crowd and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *