जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका जेनजीहरुले २४ गतेको आन्दोलनमा राजनैतिक दलका झोले सदस्यहरु आएर तोडफोड गरेको जनाएको छ । आज जेनजी बाणगंगा समुहद्वारा एक विज्ञप्ती जारी गर्दै झोले सदस्यहरुले आएर आतङ्क मच्चाउने, तोडफोड गर्ने लगायतका विनाशकारी घटना निम्ताएको भन्दै क्षमा समेत मागेको छ ।
२४ गते दिनभरको गतिविधिलाई विज्ञप्तीमा संक्षेपमा समेट्दै अहिले जेनजी समुह वार्ताको लागि तयार भएको भन्दै वार्तामा माग सम्बोधन नभए पुन आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
हेर्नुहोस् विज्ञप्ती



