रबिले कपिलवस्तु आएर भने : म भन्दा अब्बल उम्मेद्वार पाउनु भएको छ नगुमाउनुहोस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछानेले कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्य आफु भन्दापनि अब्बल उम्मेद्वार रहेको बताएका छन ।

लामिछाने जनसम्पर्क तथा अभिवादन कार्यक्रमका लागि २ गते सनिबार कपिलवस्तु आएका थिए । उक्त दिन उनले बाणगंगाको पिपराबाट आचार्यको हात समाउदै यस्तो बताएका हुन ।

आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै नभएर, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *