म नेता होइन, जनताको सेवक हुँः नेकपा उम्मेद्वार कुंवर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु ।  कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा तारा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका कृष्ण बहादुर कुँवर भन्छन म नेता होइन,समाजको सेवा गर्ने साधारण मान्छे हुँ
यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कुँवरले घरदैलो अभियानका क्रममा यस्तो बताएका हुन ।

कुँवर लाई मतदाताले पार्टीभन्दा माथि राखेर हेर्ने गरेका छन् । मतदातासँगको संवादमा कुँवरले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्ने, भ्रष्टाचारमुक्त र इमानदार नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरे । उनले चुनाव जिते पनि हारे पनि समाजकै बीचमा रहने अठोट दोहोर्याए ।

घरदैलो अभियानका क्रममा स्थानीय युवादेखि वृद्धसम्मले सकारात्मक प्रतिक्रिया जनाइरहेको उनको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *