जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनले निर्वाचित भैसकेपछि ५ वर्ष भित्र गर्ने १० कामको बाचा-पत्र सार्वजनिक गरेकाछन ।
उक्त बाचा पत्रमा स्वास्थ्य तर्फ यस क्षेत्रको पायक पर्ने स्थानमा मेडिकल कलेज तथा सुविधा सम्पन्न अस्पताल निर्माण साथै पिपरा अस्पताल र स्वास्थ्य चौकीहरुको स्तरोन्नती तथा निःशुल्क स्वास्थ्य उपचारका लागि पूर्ण स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न नितीगत निर्णयका लागि पहल गरिने उक्त बाचा पत्रमा उल्लेख गरएिको छ ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को बाचापत्र
सामाजिक न्याय सहितको समृद्ध कपिलवस्तुका लागि वर्ष ५, काम १० मेरो वाचा
१) कृषितर्फः– किसानको उच्च प्रकारको सम्मान, आधुनिक व्यवसायिक कृषि फर्म, सिचाई, उन्नत विउ विजन तथा अनुदान सहितको मलको सुलभ व्यवस्था, व्यवसायिक कृषि खाद्य, डिपो तथा बजारिकरणको सुनिश्चिता, नेपालमै प्रांगारिक रासायनिक मल (खाद्) उत्पादनको लागि पहल गरिनेछ साथै कृषि उपज भण्डारणको लागि पालिका स्तरिय कोल्ड स्टोर निर्माण गरिनेछ ।
२) स्वास्थ्यः– यस क्षेत्रको पायक पर्ने स्थानमा मेडिकल कलेज तथा सुविधा सम्पन्न अस्पताल निर्माण साथै पिपरा अस्पताल र स्वास्थ्य चौकीहरुको स्तरोन्नती तथा निःशुल्क स्वास्थ्य उपचारका लागि पूर्ण स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न नितीगत निर्णयका लागि पहल गरिनेछ ।
३) शिक्षाः– शिक्षा क्षेत्रको पूर्ण व्यवसायिक स्तर उन्नतिका लागि नितीगत पहल गर्नुका साथै सबै बिद्यालय तथा मदरसाहरुको शैक्षिक गुणस्तर तथा समान सुविधाका लागि पहल गरिने छ । विश्वबिधालय र शिक्षा विधेयकका लागि पहल गर्ने, जिल्लामा कम्तिमा एउटा पुस्तक वितरण डिपो राखिनेछ ।
४) पर्यटनः– महामानव गौतम बुद्धको यस पावनभुमि अन्तर्गत रहेका धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको स्तर उन्नती तथा प्रवर्धनका लागि बुद्ध सर्किट निर्माण लगाएत रामदतिवन, कपिलधाम, मधुवनधाम, श्रृङ्गीघाट, नंन्दनगर, लक्ष्मणघाट, जखिरा ताल, थारु संग्राहालय, गुम्बा, मठमन्दिरहरुको स्तर उन्नती संरक्षण र पर्वधनमा जोड दिईने छ ।
५) रोजगारीः– कृषि र पर्यटनलाई व्यवसायीक औधोगिकारणको योजनावद्ध कार्यकमको तजुर्मा गरि रोजगारी सृजनाको लागि नितिगत तथा व्यवहारिक रुपमा महसुस हुनेगरी पहल गरिनेछ ।
६) भुमिहिन तथा सुकुम्बाशी समस्या समाधानः मिनाहीडी/ऐलानी/ ८ नं, नदि उकास लगायतका क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका नागरिकका लागि सोही ठाउँमा उपभोगको आधारमा निजकै स्वामित्व कायम हुने गरि व्यवस्था गर्नका लागि पहल गरिनेछ ।
७) यातायातः– यस क्षेत्रभित्र रहेका सबै तहका सडकहरुको स्तर उन्नती, पिपरा–चाकलचौडा सडकलाई प्राथमिकमा राखि लागि पहल गर्ने, सुविधा सम्पन्न २ वटा बसपार्क (वाणगंगा, मायादेवी) का लागि पहल गरिनेछ ।
८) वन तथा वातावरणः– चुरेक्षेत्र, स्थानीय खोलानाला एवं बाणगंगा र कोइली नदि लगाएतको संरक्षण गरि यसबाट हुने आम्दानीबाट सोही क्षेत्रको समृद्धिका लागि योजनावद्ध काम गरिने छ ।
९) युवा बिकासः– युवाहरुको शारिरीक, मानसिक, बौद्धिक बिकासका लागि पालिका स्तरिय खेल मैदान, स्टडियम निर्माण गरि, स्थानिय क्षेत्रमा रहेका खेल मैदानहरुको स्तरोन्नती गरि खेलको माध्यमबाट राष्ट्रका लागि योगदान गर्ने वातावरण निर्माणका लागि प्रेरित गरिने छ ।
१०) सूचना तथा संचारः– यस क्षेत्रका सबैको पहँुच भित्र सूचना र संचारको विस्तार गरि सरकारी कार्यालय, सार्वजनिक स्थलहरुमा निःशुल्क ईन्टरनेट सेवाको प्रबन्ध गरिनेछ ।
माथि प्राथमिकताका साथ उल्लेख गरिएका १० वाचाहरु पुरा गर्न म पूर्ण प्रतिवद्ध छु ।
अन्त्यमा मलाई पूर्ण बिश्वास यो छ कि यो निर्वाचनमा आम नागरिकको विकाश, एक्यवद्धता र सहयोग मात्र होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाब चिन्ह घन्टीमा आफ्नो अमुल्य मत दिई विजयी बनाउनु हुनेछ ।

