कपिलवस्तु । कपिलवस्तु क्षेत्र न १ नेकपा एमालेका उम्मेद्वार विश्राम प्रसाद चौधरी शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार बिकासको एजेन्डा सहित मतदाताको घरदैलोमा पुगेका छन । घरदैलो तथा मतदाता भेटघाटको क्रममा सत्तामा रहदा जति देशको विकास निर्माण अन्य कुनै दलले नगरेकाले जनताले एमालेको सरकार नै चाहेको बताउनुभयो ।
उहाँले जनताको मुख जित्ने गरि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सुर्य चिन्हमा मतदान गरि जिताउनका लागि अनुरोध गर्नुभयो । एमालेले सुकुम्वासी समस्या समाधानका लागि प्रक्रिया सुरु गरि काम समेत गरेको अवस्थामा सत्ता छाड्न परेका कारण अझै काम बाँकी रहेकाले सो काम सम्पन्न गरि नेपाली जनतालाई जग्गाधनी बनाउँनका लागि पनि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै उहाँले आफु विगत लामो समयदेखि जनताकै बिचमा रहेको भन्दै सधै जनता सङ्गै रहने बताउनु भयो ।

