जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन ।
उनको शैक्षिक योग्यता र विज्ञता अन्य उम्मेद्वारको भन्दा उच्च छ । तेहि विज्ञता, इमान्दारीता र भिजनले जनताको मन जितेको बताएका छन । उनि घरदैलोका क्रममा जनतासंग साक्षतकार गर्दै आफ्नो भिजन प्रस्तुत गर्दछन । सोहि आधारमा जनताले आफ्नो मन र आफुले जनताको मन जितेको बताएका छन । २१ गते मतले जितने उनको दाबी रहेका छ ।
आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।
अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै नभएर, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

