भुत पुर्व सैनिक स्कुलको सातौँ वार्षिक उत्सव,अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन,कपिलवस्तु ।  कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मा अवस्थित भुत पुर्व सैनिक स्कुलले सातौँ वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्रागंणमा भव्य कार्यक्रमको आयोजना गरि स्कुलको सातौँ वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको प्रिन्सिपल डम्बर बहादुर सो्मैले बताउनुभयो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ९ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । कार्यक्रममा दिनभर विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले कार्यक्रमलाई सम्बोधन गर्दै स्कुल हरेक गतिविधिमा अब्बल रहेको बताउदै बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक र शिक्षकको साथ उत्तिकै आवश्यक रहनेमा जोड दिनु भयो ।

विद्यालयका अभिभावकहरुले आफुहरुले गरेको विश्वास अनुसार वालवालिकाले गुणस्तरिय शिक्षा प्राप्त गरेको बताउनुभयो । स्कुलका प्रिन्सिपल डम्बर बहादुर सो्मै विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले आफुहरुविद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि लागिपरेको बताउनुभयो । उहाँले विद्यालयको सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका प्रिन्सिपलडम्बर बहादुर सोमैको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका सञ्चालक, शेयर सदस्य, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी संञ्चारकर्मि लगायतको उपस्थिती रहेको थियो । विद्यालयका शिक्षिका प्रिङ्का शाहिको स्वागत मन्तब्य रहेको कार्यक्रम  शिक्षिकासंगिता कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *