जनहित अनलाइन, कपिलवस्तु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार कृष्ण बहादुर कुवरले भाषण भन्दा काम गरेर देखाउने बताएका छन । बाणगंगामा चुनाव प्रचार प्रशास सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जनताको विश्वासलाई कामबाटै प्रमाणित गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै कपिलवस्तु लगाएत क्षेत्र न। १ को समग्र विकासका लागि ठोस योजना सहित अघि बढ्ने उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क र प्रभावकारी प्रचार–प्रसारलाई तीव्रता दिइने बताएका छन् ।
पार्टी नेताहरूले नेकपाले जनताको हकहित, सामाजिक न्याय, सुशासन र दिगो विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै कपिलवस्तु लगाएत क्षेत्र न। १ का जनताको विश्वास र साथले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा युवा नेताहरूले पार्टीको नीति, कार्यक्रम र एजेन्डालाई घर–घरमा पुर्याउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै निर्वाचनलाई जनमुखी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।


