भट्टराई पक्राउ प्रती रास्वपा कपिलवस्तुको ध्यानाकर्षण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भट्टराई पक्राउ प्रती रास्वपा कपिलवस्तुको ध्यानाकर्षण

जनहित अनलाइन, कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य तथा स्वतन्त्र नागरिक आवाज कपिलवस्तुका संयोजक रिखिराम भट्टराईको पक्राउ प्रती रास्वपा कपिलवस्तुले आपत्ति जनाएको छ। निर्वाचनको समयमा गिरफ्तारीको श्रोत नै उल्लेख नगरी पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।

जिल्ला सभापति शिवकुमार सुवेदीद्वारा माग २८ गतेको हस्ताक्षरित विज्ञप्तीमा विभिन्न सामाजिक बेथितिका विरुद्ध आवाज उठाउने व्याक्तीलाई पक्राउ गरिएको भन्दै बिना सर्त रिहाईको माग गरिएको छ । गम्भीर प्रकृतिका घटनालाई ओझेलमा पारेर बिना कारण भट्टराई लाई पक्राउ गर्नु गम्भीर ठानिएको रास्वपाले जनाएको छ । सङ्गै उक्त विषयमा अनुसन्धान गर्न पार्टीले सधै सघाउने पनि विज्ञप्तीमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *