बालेन शाहको बुबाको निधन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।

उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई सिभिल अस्पताल पुर्‍याइएको थियो । उनको शरीरमा रगत जाम भएको र भेन्टिलेटरमा राखिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *