बाणगङ्गामा ७ दिने उद्यमशिलता विकास तालिम सञ्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले कपिलवस्तुको बाणगङ्गामा ७ दिने उद्यमशिलता विकास तालिम सञ्चालन भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा तालिम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिनु भयो ।

३५ भन्दा बढी सहभागि रहेको तालिममा उद्यमशिलता सम्बन्धि विभिन्न सिपहरु सिकाइने महासचिव घिमिरे बताउनुभयो । २२ गतेदेखि २८ गते सम्म सञ्चालन हुने तालिमले आर्थिक रुपमा विपन्न परिवारलाई स्वरोजगार सङ्ग जोडेर आत्मनिर्भर बनाउने विश्वास लिइएको छ ।

No description available.

उद्घाटन कार्यक्रममा बोल्दै बाणगङ्गा नगरापालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सिकेको सिपलाई कार्यान्वयन नगर्ने हो भने उद्यमशिलता विकास हुन नसक्ने बताउनु भयो । बाणगङ्गामा हरेक वर्ष करडौ रुपैयाँ खर्चेर विभिन्न तालिम सञ्चालन गरिएको भन्दै त्यसलाई व्यवहारमा उतार्न सके मात्र तालिमले सार्थकता पाउने उहाँको तर्क रहेको थियो । समृद्ध बाणगंगा बनाउन पालिकाले पनि अन्य संघसंस्था सङ्ग सहकार्य गर्न तयार रहेको प्रमुख अर्यालले बताउनुभयो ।

No description available.

त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नयाँ उद्यमीको लागि कसरी व्यवसाय गर्न सकिन्छ भन्ने उद्धेश्यले तालिमको आयोनजा गरेको बताउनु भयो । बाणगंगा सङ्गै कपिलवस्तुलाई नै आर्थिक रुपमा सबल गराउन उद्योग बाणिज्य संघ लागिरहेको बताउनुभयो ।

No description available.

त्यस्तै आयोजक संस्था लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका शाखा अधिकृत चन्द्रदेव जोशीले देश भित्रै रोजगार र स्वरोजगार सृजना गरि बलियो अर्थतन्त्र बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कयौं उद्यमीहरु विभिन्न पक्षको ज्ञानको अभावका कारण सफल हुन नसकेको भन्दै त्यसलाई यो तालिममा सम्बोधन गर्ने बताउनुभयो ।

No description available.

कार्यक्रममा संघका सल्लाहकार दल बहादुर कुवर र संयोजक मीना पोख्रेलले मन्तव्य राख्नुभएको थियो ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष हुमनाथ पौडेलको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आयोजक र सह आयोजक संस्थाका प्रतिनिधि, प्रशिक्षार्थी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *