बाणगंगा नगरपालिकाः स–साना योजना स्थगित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बाणगंगा नगरपालिकाको चालु आर्थिक वर्ष २०८२र०८३ को चौथो कार्यपालिका बैठक शनिबार सम्पन्न भएको छ । बैठकले तेस्रो कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गर्दै, बदलिँदो परिस्थितिका कारण केही निर्णयहरू हुबहु कार्यान्वयन गर्न नसकिएको निष्कर्ष निकालेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

संघीय र प्रदेश सरकारबाट प्राप्त परिपत्रहरूको जानकारी गराउँदै, नगरको आगामी योजना र कार्यक्रमहरू मितव्ययी ढंगले अघि बढाउने निर्णय बैठकले गरेको छ । तत्कालका लागि ससाना तथा वितरणमुखी कार्यक्रमहरू स्थगित गर्दै, प्राथमिकताका आधारमा विकास तथा सेवा–सुविधाका कामहरूमा केन्द्रित हुने निर्णय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

दीपावली तथा छठ पर्व २०८२ को अवसरमा नगरवासीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै बैठकले चाडपर्वहरू शान्तिपूर्ण, मर्यादित र आपसी सद्भाव कायम हुने गरी मितव्ययी ढंगले मनाउन आग्रह गरेको छ । देउसी–भैलो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयबाट हुने समय निर्धारणअनुसार एकरूपता ल्याई पछि सूचना जारी गरिने जानकारी पनि दिइएको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले नगरको सीमित आर्थिक स्रोतका बीच पनि जनमुखी विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चाडपर्वहरूलाई खर्चिला नभई सरल, सामाजिक सद्भाव र एकताको भावना कायम राख्ने माध्यम बनाउन सबैलाई आग्रह गर्नुभयो ।

May be an image of studying, dais and text

May be an image of studying and table

May be an image of studying, television, table and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *