जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता तथा कानुनविद् मोहन आचार्यले २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा घन्टीमा मतदान गर्न अपिल गरेका छन ।
उनको भिजन, दर्शन, अनुभव, विज्ञता, मतदाताको विश्वास र रबि बालेनप्रतिको जनविश्वासका कारण जित्ने आधार बलियो रहेको देखिन्छ ।

आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।
अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै नभएर, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।




