पेरिस ओलम्पिक: पुरुष फुटबलमा स्पेनले जित्यो स्वर्ण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ । गएराति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराएको हो । स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो ।

अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । उसका एन्जो मिलोटले ११ औँ मिनेटमा गोल गरे । त्यसको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी गर्‍यो । २५ औँ मिनेटमा लोपेजको गोलमा नै स्पेनले अग्रता बनायो ।

लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित समय तीनरतीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा दुई गोल गरेको स्पेनले स्वर्ण जित्यो । यसअघि स्पेनले इंग्ल्यान्डलाई हराएर युरो–२०२४ को उपाधि पनि जितेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *