“पुराना अनुभव र नयाँ सोचको संगम नै कांग्रेस हो”

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु क्षेत्र नम्बर १मा नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान घरदैलो कार्यक्रममा व्यास्त छन ।
घरदैलोको क्रममा पुराना अनुभव र नयाँ सोचको संगम नै कांग्रेस भएको मतदाता बताउछन । कपिलवस्तुको मायादेवी गाउपालिकामा पुग्दा मुसलमानलाई स्वागत गर्दै पुराना अनुभव र नयाँ सोचको संगम नै काङ्ग्रेस भएकाले यो क्षेत्रमा मुसलमान कै जित हुनुपर्ने बताएका छन । जिल्लामा ‘भूँइँ मान्छे’को छवि बनाएका मुसलमानले कपिलवस्तु सहित देशभर नै नेपाली कांग्रेसको पक्षमा माहोल सृजना भएको बताएका छन।

कमालले आफू यस क्षेत्रको सामाजिक रूपान्तरण र विकास निर्माणका एजेन्डामा स्पष्ट रहेको उल्लेख गर्दै केन्द्रिय नेतृत्वले अघि सारेको ‘अबकी बार सय पार’ नारा साकार हुने विश्वास व्यक्त गरे। उनले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ४० सिट जित्ने दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बन्ने तथा कपिलवस्तुका तीनै सिट कांग्रेसले जित्ने दाबी
गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *