‘पर्ख र हेर’  को अवस्था अन्त्य गर्न  संविधानविद्  आचार्यको उदय 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले नयाँ  तरङ्ग ल्याएको छ ।  

दशकौँदेखि यस क्षेत्रमा आफ्नो विरासत जोगाउँदै आएका विभिन्न राजनीतिक दलका लागि यस पटकको निर्वाचन चुनौतीपूर्ण हुने देखिएको छ। 

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) बाट चुनावी मैदानमा होमिएका  अन्तर्राष्ट्रिय कानूनविद् मोहनलाल आचार्यको उदयले   यस क्षेत्रका पुरानो चुनावी समीकरणहरूलाई उथलपुथल पारिदिएको छ।

अन्तर्राष्ट्रिय कानूनमा स्वर्ण पदक सहित स्नातकोत्तर र समाजशास्त्रमा एम.ए. गरेका  आचार्य केवल राजनीतिक उम्मेदवार मात्र नभएर एक उच्च तहको संविधानविद्  हुन । उनले संयुक्त राष्ट्र संघ (UNDP) को संविधान निर्माण सहयोग परियोजनामा कानून प्रमुख र संविधान सभाको विशेषज्ञको रूपमा ७ वर्षसम्म देशको मूल कानून लेख्न प्रत्यक्ष योगदान दिएका छन । 

राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय निर्देशक देखि डेनमार्क राजदूतावासमा सुशासन सल्लाहकार सम्मको उनको  अनुभवले नीति निर्माण र राज्य सञ्चालनको गहिरो ज्ञान भएको नेताका रूपमा उभ्याएको छ।
आचार्य केवल कानूनमा मात्र सीमित छैनन् । उनले  कपिलवस्तु, बाणगंगा, शुद्धोधन र मायादेवी जस्ता पालिकाहरूमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको गहन अध्ययन गरी सुधारका लागि सङ्घीय सरकारसमक्ष ठोस सिफारिसहरू पेश गरिसकेका छन  । स्थानीय न्यायिक समितिहरूलाई तालिम प्रदान गरी जनतालाई घरदैलोमै न्याय दिलाउने अभियानमा  उनको  भूमिका उल्लेखनीय रहेको छ।

स्थानीय स्तरमा मतदाताहरूसँग गरिएको कुराकानी र पछिल्ला सर्वेक्षणहरूले कपिलवस्तुका सचेत मतदाताहरू पुराना दलका नेताहरूले बारम्बार दोहोर्‍याउने ,रित्तो आश्वासन र अधुरा विकासका योजना बाट निकै आजित भइसकेको बताएका छन्।

 निर्वाचनको मुखमा मात्र गाउँ पस्ने र जितेपछि ओझेल पर्ने प्रवृत्तिप्रति जनतामा व्यापक वितृष्णा देखिएको छ। यही निराशाका बीच वैकल्पिक राजनीतिको नारा र संविधान तथा सुशासनको प्रस्ट खाका बोकेका मोहन आचार्य यतिबेला चर्चाको केन्द्रमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *