चेतन विष्ट, कपिलवस्तु । नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार संयोजक तथा शिक्षक नेता कृष्ण पङ्गेनीले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्दै आर्थिक, सामाजिक आदि क्षेत्रमा अब्बल बनाउन यस सहकारीले मागदर्शनको काम गर्ने बताए । त्यस्तै संयोजक पङ्गेनीले यस सहकारीमा सम्पुर्ण शिक्षहरुलाई आबद्ध गर्न अभियानका रुपमा लाग्नुपर्ने आवश्यकता औल्याए ।
त्यस्तै सहकारीका सल्लाहकार सदस्य नेत्रलाल न्यौपानेले सरकारले शिक्षकलाई राहत महसुस हुने गरि ऐन नियमहरु ल्याउनुपर्ने बताउँदै उनले शिक्षा क्षेत्रलाई नमुना बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द पोख्रेलले शिक्षकहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षक विधार्थीको भविष्य निर्माणकर्ता भएकाले शिक्षक आफै एक सक्षम शिक्षकका रुपमा स्थापित हुनुपर्ने बताए । यसरी शिक्षकलाई सक्षम र समृद्ध बनाउन यस सहकारीले भूमिका निर्वाह गर्ने उनको दाबी छ । उनले यस सहकारीमा सबै शिक्षकहरुलाई आबद्ध हुन आह्वान समेत गरे ।
कार्यक्रममा बाणगंगा मा.वि. लौगाईका प्रधानाध्यापक कुलराज पौडेल, सहकारीका सञ्चालक सदस्य सारदा भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।
शिक्षक बाबुराम घिमिरेको स्वागत तथा सहकारीका सचिव भरतराज न्यौपानेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।