जनहित अनलाई, कपिलवस्तु । जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिकाकि उप प्रमुख गित भाटले जनप्रतिनिधि जनताका हरेक सुख र दु खमा सङ्गै हुनुपर्ने बताउनुभएको छ ।
मङ्गलबार सम्पन्न शितगङ्गा नगरपालिकाको १६ औं नगरसभा तथा प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगरपालिकाको काम कर्तव्य नगर प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मात्र नभएर हरेक वडा अध्यक्ष र वडा सदस्यको पनि त्यसमा उत्तिकै जिम्मेवारी हुनुपर्ने उहाँले बताउनुभयो । शितगङ्गा नगरपालिका भौगोलिक रूपमा पनि निकै ठूलो रहेको हुँदा आ-आफ्नो ठाउँ बाट नगरको विकास र समृद्धिका लागि सबै जना एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले वडा अध्यक्ष र वडा सदस्यहरुलाई नगर र नगरवासीको मनोभाव तथा समस्यालाई बुझेर काम गर्नु पनि आग्रह गर्नुभयो । साथै नगरभित्रका समस्यालाई समाधान गर्न तथा नगर समक्षा ल्याउन नगरसभा मात्रै पर्खन नपर्ने पनि उहाँले बताउनुभयो ।