देशभर निषेधाज्ञा र कर्फ्यु भोलिसम्म लम्बियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।  नेपाली सेनाले देशभर जारी निषेधाज्ञा र कर्फ्यु आदेशको अवधि थप गरिएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको सुनिश्चितता र सार्वजनिक हितलाई ध्यानमा राख्दै यो निर्णय गरिएको उल्लेख छ ।

सूचनाअनुसार, बुधबार साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा लागू रहनेछ । त्यसपछि आज साँझ ५ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहनेछ ।

नेपाली सेनाले आम नागरिकलाई निषेधाज्ञा र कर्फ्यु अवधिमा घरभित्रै सुरक्षित बस्न आग्रह गरेको छ । आवश्यक परेमा मात्र सुरक्षाकर्मीको अनुमति लिएर बाहिर निस्कन अनुरोध गरिएको छ ।

शान्ति सुरक्षाको अवस्था हेरेर आगामी निर्णयहरू क्रमशः सार्वजनिक गरिने पनि सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *