दाङ, । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अटोमा सवार अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका ३ भैसहवाका अन्दाजी ५० का तुलाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । बिकको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो । उहाँको आज दिउँसो साढे ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले बताउनुभयो ।
अटो दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । राजपुर गाउँपालिका ४ भैसहवाका अन्दाजी ३६ वर्षका प्रेम चन्द्र यादबलाई थप उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको द्ध भने अर्का राजपुर गाउँपालिका ३ भैसहवाका अन्दाजी ४० वर्षका बसन्ती बिकको लमही अस्पताल लमहीमा उपचार भईरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।
आज दिउँसो २ बजेतिर भैसहवा देखी कोईलाबास तर्फ जादै गरेको रा १ ह ५९०४ नंम्बरको अटो गढवा गाउँपालिका ५ कक्रहवा स्थित गढवा कोईलाबास सडक खण्डको घुम्तिमा मोड्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अटो चालक राजपुर गाउँपालिका ३ भैसहवा बस्ने ४० वर्षको मदन बिकलाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।