दशैंको टिका थाप्न वडाध्यक्ष रेस्मी वृद्धवृद्धाको घरमा पुग्दा सबै हर्षित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगङ्गा ।  समय जनप्रतिनिधि आफ्ना मतदाताको घर आँगमनमा नपुगेको गुनासो चौतर्फी रुपमा सुन्ने गरिएको छ । चुनावमा मात्र भोट माग्न आउँने र चुनाव जितेपछि गुमनाम जस्तै हुने भन्दै जनप्रतिनिधिको आलोचना हुने गर्छ । तर बाणगंगा नगरपालिका वडा नं.४ को सन्दर्भमा भन्ने अलि फरक छ । यहाँका वडाअध्यक्ष नै पटकपटक मतदाताको घर आँगनमा देखिन्छन् ।

सोही क्रममा नेपालीहरुको महान पर्व विजयादशमीको दिन शनिबार वडाध्यक्ष छविलाल रेस्मी मगर मतदाताको घरमै पुगे । वडाध्यक्ष रेस्मी ८० बर्ष भन्दा बढी उमेरका वृद्धवृद्धाहरुको हातको टिका ग्रहण गर्न घरघरमै पुगेपछि कोही छक्क परे भने कोहीको आँखामा हर्षका आँसु देखिन्थ्ये ।

वडाध्यक्ष रेस्मीले घरमा टिकाको कार्यक्रम सकेर आफु शनिबार वडाका विभिन्न गाउँका ५० भन्दा बढी वडावासीको घरमा पुगेर टिका ग्रहणसंगै सामान्य संवाद गरेको बताए । उनले सो क्रममा १०४ बर्षीय वृद्ध आमाको हातबाट समेत टिका ग्रहण गरेको सुनाउँदै भने, ‘टिकाकै दिन वडाध्यक्ष आएपछि कोही छक्क पर्नुभयो, कोहीको आँखामा आसु देखे । यसले मलाई पनि भावुक बनायो ।

दशैं तिहारको विदामा विभिन्न कामको शिलशिलामा बाहिर बस्ने वडावासीहरु पनि घरमा आएको बेला उनीहरुका अनुभव, वडाप्रतिको दृष्टिकोण, सल्लाह, सुझाव ग्रहण गर्न आफु वडावासीको घरघरमा पुगेको बताए ।

वडाध्यक्ष रेस्मीले सबैबाट सिकारात्मक सल्लाह सुझावहरु प्राप्त भएको बताउँदै ति सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि चुनावमा मात्र देखिन्छन् भन्ने स्थापित भाष्यलाई हटाउन सबै जनप्रतिनिधि समयसमयमा वडावासीको घरआँगनमा पुग्ने परिपाटी बसाल्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *