तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु, ४० घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारत । भारतको तमिलनाडु राज्यको शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घाइते ४० जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएको छ ।

विपरीत दिशामा रहेका दुई बस घुम्ती बाटोमा ठोक्किएका थिए । दुर्घटनालगत्तै स्थानीयवासीघटनास्थल पुगेर उद्धार शुरु गरेका थिए। त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । तीव्र गति र मोडका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *