सर्लाही, । पूर्वपश्चमि राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालकिा–१, नवलपुरस्थति बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हरविन नगरपालकिा–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थति लच्कामा चार लेनको सडक बनाउने क्रममा कलभर्ट नर्मिाण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को। १ ख ५९३८ नम्वरको तेल बोक्ने खाली ट्याङकर र लालबन्दीतर्फ आउँदै गरेको बा। ८७ प १३७० नम्वरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
ट्याङकरसँग ठोक्किँए पछि गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशकि अस्पताल मलङ्गवा पुर्याउँदा चकित्सिकले मृत घोषणा गरेको लालबन्दीका प्रहरी नरिीक्षक वीरेन्द्रसिँह जोहारीले जानकारी दनिुभयो । उहाँका अनुसार ट्याङकर र त्यसका चालक प्रहरी नयिन्त्रणमा छन् ।


