टिकटक बनाउदा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको पुौष ६ गते शनिबार अपराह्न मृत्यु भएको छ ।

स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षीका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए ।

मृतकको शवखोंचबाट निकालेर खोला बगरमा ल्याइएको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *