जनताले नै मलाई राजनीतिमा पठाएका हुनः नेकपा उम्मेद्वार कुँवर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेपाल कमन्युष्ट पार्टी (नेकपा) कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कपिलवस्तुका जनताले नै आफुलाई राजनीतिमा पठाएको बताएका छन । आगामि फाल्गनु २१ गते हुने निर्वाचनको प्रचार प्रशार तथा मतदाता भेटघाटको क्रममा उनले जनताले नै अब तपाईले राजनीतिमा गएर जिल्ल र जिल्लावासीका मुद्धा उठाउनुपर्छ भनेपछि आफु राजनीतिमा होमिएको बताएका हुन ।

क्षेत्रनम्बर १ का विभिन्न गाउँ तथा टोलटोलमा पुगेर मतदातालाई भेटिरहेका कुँवरले विगतको समाज सेवा सहितको आफ्नो कर्मलाई जनताले मुल्याङ्न गरेरै निर्वाचनमा पनि जिताउने विश्वास व्यक्त गरे । उम्मेद्वारी दिनु भन्दा अगाडी नै अफुले कयौँ पटक जनता सङ्ग छलफल गरेको भन्दै जनताको सल्लाह बामोजिम नै निर्वाचनमा होमिएको उनले प्रष्ट पारेका छन ।

निर्वाचन जितेपछि हरेक नेताले यहाँका जनता विर्सने परम्परा रहेको भन्दै त्यो परम्परा तोड्ने उनले प्रतिबद्धता जनाए । आफु विगतमा पनि जनताकै बिचमा रहेको भन्दै निर्वाचन जितपछि पनि जनताकै बिचमा रहेर काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *