‘जनतालाई राप्रपाको विचार, सिद्धान्त र एजेन्डा बुझाइ नयाँ सन्देश दिन जरुरी’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय सदस्य ध्रुव रायमाझीले पुराना र ठुला भनिने राजनैतिक दलहरुको विकल्प खोजिरहेका जनताले विकल्पका रुपमा हेरिएका दलहरुलाई पनि नपत्याएको बताउनुभएको छ । पछिल्लो समय प्रत्येक नेताले पार्टी खोल्ने होडबाजी जस्तै चलिरहेको र त्यसलाई जनताले विश्वास गर्न नसकेको उहाँले बताउनुभयो ।

जनहित अनलाइन सङ्ग कुरा गर्दै नेता रायमाझीले २०७९ सालमा भएको संघको निर्वाचनमा खास गरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले दिएको विश्वास अहिले भएको उपनिर्वाचनमा नदेखिएको बताउनुभयो । ‘बढी आसा गरिएका अध्यक्ष रवि लामिछाने नै सबैभन्दा विवादित बने । कहिले नागरिकता र पासपोर्ट काण्ड त कहिले सहकारी काण्डमा उनी अल्झिरहे । अब विकल्पको दल र नेतृत्व लिन्छु भन्ने र खोज्नेलाई निकै संघर्ष गर्नु पर्ने देखियो ।’ उहाँले भन्नुभयो ।

रायमाझीले अहिलेको उपनिर्वाचनले स्टन्ड राजनैतिक नचल्ने पुष्टि भएको बताउनुभयो । अहिले ईलाम र बझाङको चुनावमा राप्रपाको मत आसा गरेअनुसार आउन नसकेको स्विकार गर्दै यसमा पार्टीले गम्भिर समिक्षा गर्न आवश्यक रहेको बताउनुभयो । ‘राजाको सवारीमा जनताको भिड थामि नसक्नु हुन्छ, तर त्यहि मुद्धा बोकेर हिडेको पार्टीको पक्षमा मत कम आउनु के संगठन कमजोर मात्र हो त ? एउटा गम्भिर प्रश्न चिन्ह खडा भएको छ । कतै हाम्रो कार्यनिति र रणनिति जनताले मन पराएनन् वा बुझाउन सकिएन यसमा गम्भिर समिक्षा गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

‘महाधिवेशन पछि सबैको हामी प्रति ठुलो आशा थियो, त्यो केहि मात्रामा संघ र प्रदेशसभाको चुनावमा देखिएता पनि अपेक्षा अनुसार परिणाम आउन सकेन । यिनै विवादित नयाँ दल हामि भन्दा अगाडी आउन खोजे । अब आफुलाई राजावादि र हिन्दुवादि ठान्नेहरुले यो कुरा जनतालाई बुझाउन आवश्यक छ । केहि राजावादिहरु र हिन्दुवादिहरु भोट अन्तै हाल्ने र राप्रपालाई गालि मात्र गर्ने गरेको हामि पाउँछौँ । उनीहरु राप्रपा विद्रोहको बाटो हिडोस् भन्ने चाहान्छन, त्यो गलत छ । अर्को थरि ठुला दलहरु पनि राप्रपा लाई कमजोर पार्ने प्रतिगामी धर्मको राजनिति गरो भन्दै जनता माझ अफवाह फैलाउने गरेका छन । त्यो अझ चुनावको बेलामा बढी देख्न सकिन्छ । चुनावमा परिणमा जे आएपनि राप्रपाको एजेण्डा अहिलेपनि ठिक छ, तर हाम्रो कार्यनिति र रणनितिमा परिवर्तन गर्न अवाश्यक छ । कमजोरी सुधार गर्दै राप्रपाले लिएको राजा सहितको हिन्दु अधिराज्य, संघियता र भ्रष्टचार विरुद्धको अभियान, सुशासन सम्बन्धी मुद्धाहरुको विषयमा संसद र सडक बाट बोल्न आवश्यक छ । अहिले ठुला दलहरु सङ्ग सन्तुष्ट नभएका जनतालाई राप्रपाको विचार, सिद्धान्त र एजेण्डा बुझाइ नयाँ सन्देश दिन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *