जनताको सुझाव र समर्थनले अझ जिम्मेवार बनाएको छः स्वतन्त्र उम्मेद्वार शर्मा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा स्वतन्त्र उम्मेद्वार आशिष शर्माको उम्मेद्वारीले युवा पुस्ता पनि राजनीतिक गतिविधमा सक्रिय बनेका छन । राजनैतिक दलहरु प्रति वितृष्णा फैलिरहेको समयमा शर्मा प्रतिनिधि सभा निर्वाचनमा होमिएपछि कपिलवस्तुको उत्तर देखि दक्षिण सम्मका युवाहरु राजनीतिक गतिविधिमा सक्रिय बनेको पाइएको हो ।

यसैबिच उम्मेद्वार शर्माले गरेको घरदैलो अभियानमा पनि युव देखि वृद्धवृद्धा सम्मको उल्लेख्य उपस्थिती हुने गरेको छ । घरदैलो अभियानलाई तिव्र बनाइरहेका शर्मा दक्षिण देखि उत्तर सम्म निरन्तर मतदाता भेटघाटमै व्यस्त देखिन्छन ।

घरदैलोका क्रममा प्राप्त सुझाव र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै, शर्माले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको प्रतिक्रिया दिएका छन । स्थानीय विकास, रोजगारी, शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता शर्माको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *