छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान चल्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।

केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भए पनि अहिले ती ठाउँमा मतदान चलिरहेकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र आयोगको तत्काल सहजीकरणका कारण ती ठाउँहरूमा मतदान भइरहेकाे छ ।

यसैगरी ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको उहाँले बताउनुभयो । ती ठाउँहरूमा स्थानीय प्रशासनले मतदाताहरूसँग समन्वय र सहजीकरण गरिरहेको र ती विषयहरू छिट्टै समाधान हुने आयोगले जनाएको छ ।

कुनै पनि ठूला अप्रिय घटना नभएको र सानातिना समस्यालाई स्थानीयस्तरमै समाधान गरी मतदान प्रक्रियालाई निरन्तरता दिइएको आयोगको भनाइ छ ।

देशभरका सबै २३ हजार ११२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता भइरहेको हुनाले देशभरको शान्ति सुरक्षा र मतदानको वातावरण निकै आशालाग्दो रहेको आयोगले निष्कर्ष निकालेको छ ।

– न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *