जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार विश्राम प्रसाद थारुले चुनवा जितेपछि जनता बिर्सने परम्परा आफुले तोड्ने बताएका छन । फाल्गुन २१ गते हुन लागेको निर्वाचन प्रचार प्रशारको क्रममा बोल्दै उनले आफु भुई बाट आएको भन्दै जनता बिर्सन नसक्ने बताए ।
क्षेत्रनम्बर १ का विभिन्न टोल तथा गाउँमा पुगेर मतदाता भेटिरहेका चौधरीले आफुले जिल्लाका थारु, पहाडी, मुस्लिम, मधेशी, दलित, जनजाती, सबै समुदायका समस्या र आवश्यकतालाई नजिक बाट नियालिरहेको भन्दै ति समस्या प्रमुख मुद्धा बनाएर अगाडी बढ्ने बताए । कपिलवस्तु पछाडी परेको स्विकार गर्दै अब जिल्लाको पहिचनलाई देशमा मत्र नभएर विश्मै फैलाउन लागिपर्ने उनले बताए ।
त्यस्तै फरक प्रसङ्गमा थारुले प्रतिस्पर्धी पक्षबाट विभिन्न किसिमका अफवाह फैलाइँदै आएको बताउनुभयो। दक्षिणी क्षेत्रमा एमालेको संगठन कमजोर रहेको र उम्मेदवार परिचित नभएको भन्ने भ्रम फैलाइएको भन्दै उहाँले त्यसप्रति खण्डन गर्नुभयो । उम्मेदवार थारुले आफू घरदैलो अभियानमा जाँदा दक्षिणी क्षेत्रका मतदाताबाट व्यापक साथ, सहयोग र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।


