खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको विमानस्थल तत्काल लागू हुने गरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज बसेको विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार विमानस्थल पुनः शुरू गर्ने निर्णय भएको विमानस्थल कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन विमानस्थल कार्यालयले अनुरोध गरेको छ ।

विमानस्थल बन्द हुँदा हिजोदेखि आन्तरिक र बाह्य दुवै उडान प्रभावित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *