क्षेत्रनम्बर–१ मा नेकपाका उम्मेद्वार कुंवरलाई जनताको उत्कृष्ट साथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि हुने चुनावमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्ण कुँवरले आफ्नो भेटघाट तीव्र पारेका छन् ।
बाणगंगा, कपिलवस्तु नगरपालिका र शुद्धोद्धन अनि मायादेवी गाउँपालिकाका गरी ३२ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा कुँवरले भेटघाट तीव्र बनाएका हुन् । भेटघाटको क्रममा कुँवरबारे मतदाताको बुझाई निकै राम्रो देखिएको छ ।

जहाँजहाँ कुँवर पुग्दछन् मतदाताले सरल नेता भेटेको अनुभूति गरेको सुनाउने गरेका छन् । कतिपय स्थानमा सबै नेताले ढाँटेका कारण आक्रोश पनि पोख्छन् भने कतिपय स्थानमा कुँवरसंग मतदाताले समय लिएरै गफ गर्ने गरेका छन् ।
गफका क्रममा मतदाताले प्रश्न सोध्छन् भने कतिपय स्थानमा दुख्ख र समस्या राख्ने गरेका छन् । कुँवरले पनि त्यस्ता मतदातासंग उसैगरी समय विताउँछन् । मतदातासंग भेट्ने कुँवरको सरलताका कारण धेरै मतदाताले आफ्ना समस्या राख्न धक मान्दैनन् ।

धेरै नेताले चुनावमा घर कुच्न, सपना बाँड्ने र त्यसपछि मतलब नै नगरेका गुनासो पनि मतदाताले कुँवरसंग राख्छन् । मायादेवी गाउँपालिकाको अरौराकोटमा मतदातासंग भेट गर्ने क्रममा एक जना महिलाले आफ्नो समाजको लागि नेताहरुले केहि नगरेको भन्दै रोइन् । त्यसक्रममा कुँवर पनि भक्कानिए ।आफूले अरुले जस्तो झुटको खेती नगर्ने भन्दै एकपटक विशवास गर्न अनुरोध गरे ।

नल्का बनाइदिन्छु, बाटो बनाइदिन्छु भन्दै यसअघि पनि नेताले भोट मागे, चुनाव पनि जितायौँ तर चुनावपछि अनुहार पनि देख्न पाएनौँ कुँवरलाई रुँदै भनिन् यो नल्का बनाइदिनुहुन्छ । यो नाली बनाइदिनु हुन्छ भने भोट दिन्छौँ ।
मतदाताका कुराहरु सुनेपछि कुँवरले जनतालाई कानुन निर्माणभन्दा पनि विकास नै चाहिएको आफूले पाएको बताए । सदनमा पुगेपछि आफूले जनमैत्री कानुन निर्माण गर्न पहल गर्ने र विकासको एजेण्डा पनि संगसंगै अघि बढाउने कुँवरले बताए । जनताले पनि कुँवरको बारेमा धेरै सुनेको र भेट गर्न पाउँदा खुसी लागेको पालिका पत्रसंग बताए ।

अरु नेताले ढाँटेका कारण आफू इमान्दार भए पनि भोट माग्न कठिन भएको कुँवरको भनाई छ । कुँवरले यो लडाई भ्रष्टाचारी र सदाचारीको लडाई भएको बताउँदै आफूलाई मत खसाल्न आग्रह गरिरहेका छन् ।
राजापानीमा भएको युवासंगको भेटमा मत माग्न आउने हरेक उम्मेदवारलाई प्रश्नको कठघरामा राख्न कुँवरको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *