काभा महिला भलिबलको उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।

आज साँझ ५ बजे हुने फाइनलमा भारतविरुद्ध जित निकाल्न सके नेपालले उपाधि रक्षा त गर्छ नै ५ वर्षअघिको हारको बदला पनि लिनेछ ।
मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३ -० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *