कर्मेश्वर कृषि सहकारीको १४औँ साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरिता थारु, कपिलवस्तु । श्री कर्मेश्वर कृषि सहकारी संस्था लिमिटेडको १४ औ सधारण सभा तथा छैटौं अधिवेशन भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष भिखु थारुले आगमी कार्ययोजना , कोषाध्यछ सिर्जना सिन्जालिले प्रगति प्रतिबेदन, लेखा सम्योजक सन्तराम रौतारले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदन सर्बसम्मतले पारित समेत भएको छ ।

यस्तै कार्यक्रममा आर्थिक बर्ष २०८१र८२को ९ करोड ९७ लाख ४८ हजार ४ सय ७९ रुपैयाँ बराबरको आय ब्याय प्रस्तुत गरिएको थियो । यसैबिच सहकारिले उत्कृष्ट बचतकर्ताहरु सत्यनारायण थारु र प्रसादी थारु , यस्तै असल रिनि प्रेक्छा चौधरी र दसरामी कुमारी चौधरी , र यसईई मा उत्कृष्ट आन्क ल्याउन सफल जेनि चौधरीलाई नगद सहित सम्मान गरिएको छ ।

कार्यक्रम मा बाणगङगा नगरपालिकाका कृषि बिकास शाखा प्रमुख लेस बहादुर केसि ले सहकारीका शेयर सदस्यहरुलाई कृषिमा आयमुलक कार्य गर्न आग्रह गर्नु भयो । जसले गर्दा शेयर सद्स्य र सहकारीलाई समेत फाईदा पुग्ने बताउनु भयो । साथै उहाले सहकरिले आम्दानी गर्ने कार्यमा रिण लगानी गर्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै कार्यक्रममा वडा न ४ का वडा सदस्य कुमारी पबित्रा सार्की , कानुङ कृषि सहकारी का अध्यक्ष झमन बहदुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम भिखु थारुको अध्यक्षता, उपाध्यक्ष रेखा चौधरीको स्वागत तथा सचीव मनु रानाको सन्चालनमा सम्पन्न भएको थियो ।

यता छैटौं अधिबेशनले पुनः भिखु थारु कै नेत्तृत्वमा पुरानै ९ सदस्यीय कार्य समिती सर्बसम्मतिमा दोहोरिए निर्वाचन मन्डलका अध्यक्ष बाणगङगा उच्च मा बि का प्राचार्य रामप्रसाद भण्डारीले जानकारी दिनु भयो । जस्को उपाध्यक्षमा रेखा थारु, कोशाध्यछ्मा सिर्जना सिन्जाली, सचीवमा मनु राना, सहसचिवमा रुपा कुमारी कपासे गुरुङ, सदस्यहरुमा गिता थारु, लक्षमि थारु, गङगा देबि सुनार, राजाराम थारु पुन सर्ब सहमतिमा चयन हुनुभयको हो ।

यस्तै सन्तराम रौतारको सम्योजकत्वमा पुन लेखा समिती सर्ब सहमतिमै चयन भएको छ । जस्को सदस्यम ज्ञानमति कुमारी चौधरी र सरस्वती सोमै रहनु भयको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *