जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता मोहनलाल आचार्य प्रति जनलहर तिब्र भएको छ । आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।
अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै नभएर, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय कानूनमा स्वर्ण पदक सहित स्नातकोत्तर र समाजशास्त्रमा एम.ए. गरेका आचार्य केवल राजनीतिक उम्मेदवार मात्र नभएर एक उच्च तहको संविधानविद् हुन । उनले संयुक्त राष्ट्र संघ (UNDP) को संविधान निर्माण सहयोग परियोजनामा कानून प्रमुख र संविधान सभाको विशेषज्ञको रूपमा ७ वर्षसम्म देशको मूल कानून लेख्न प्रत्यक्ष योगदान दिएका छन ।
राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय निर्देशक देखि डेनमार्क राजदूतावासमा सुशासन सल्लाहकार सम्मको उनको अनुभवले नीति निर्माण र राज्य सञ्चालनको गहिरो ज्ञान भएको नेताका रूपमा उभ्याएको छ।
आचार्य केवल कानूनमा मात्र सीमित छैनन् । उनले कपिलवस्तु, बाणगंगा, शुद्धोधन र मायादेवी जस्ता पालिकाहरूमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको गहन अध्ययन गरी सुधारका लागि सङ्घीय सरकारसमक्ष ठोस सिफारिसहरू पेश गरिसकेका छन । स्थानीय न्यायिक समितिहरूलाई तालिम प्रदान गरी जनतालाई घरदैलोमै न्याय दिलाउने अभियानमा उनको भूमिका उल्लेखनीय रहेको छ।
स्थानीय स्तरमा मतदाताहरूसँग गरिएको कुराकानी र पछिल्ला सर्वेक्षणहरूले कपिलवस्तुका सचेत मतदाताहरू पुराना दलका नेताहरूले बारम्बार दोहोर्याउने ,रित्तो आश्वासन र अधुरा विकासका योजना बाट निकै आजित भइसकेको बताएका छन्।
निर्वाचनको मुखमा मात्र गाउँ पस्ने र जितेपछि ओझेल पर्ने प्रवृत्तिप्रति जनतामा व्यापक वितृष्णा देखिएको छ। यही निराशाका बीच वैकल्पिक राजनीतिको नारा र संविधान तथा सुशासनको प्रस्ट खाका बोकेका मोहन आचार्य यतिबेला चर्चाको केन्द्रमा छन् ।
कपिलवस्तुमै अहिले सम्मकै अब्बल उम्मेद्वार आचार्य पाउदा युवा देखी वृद्धा सम्म हर्षित देखिन्छन । पटक पटक पुराना पार्टीलाइ जिताएर मन्त्री सम्म बनाउदा पनि उपलब्धि शुन्य भएको भन्दै यसपटक मतदाता घण्टी छाप लगाउन तयार रहेको बताउछन । अब बालेन्द्र शाहलाइ प्रधामन्त्री बनाउनु पर्छ भन्दै जेनजी देखी वृद्धा सम्मले खुलेआम साथ दिइरहेका छन ।

