जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रशार समितिको बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा प्रचार प्रशार समितीका जिल्ला संयोजक ध्रुव बहादुर रायमाझीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन लक्षित विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले कपिलवस्तु क्षेत्र नम्बर १ का ३० वटै वाड बाट सुझाव सङ्कलन गरेको छ । यहि फाल्गुन २१ गते हुन लागेको निर्वाचनलाइ लक्षित गरेर सुझाव सङ्कलन गरिएको अध्यक्ष रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो । त्यस्तै निर्वाचन लक्षित घरदैलो तथा मतदाता भेटघाटमा राप्रपा प्रती मतदाताको उत्साह उत्कृष्ट रहेको वडाका पदाधिकारीहरुले ब्रिफिङ गरेका थिए ।
त्यस्तै राप्रपा क्षेत्रनम्बर १ ले अब दोस्रो चरणको घरदैलो कार्यक्रम व्यापक र अर्थपुर्ण रुपमा गर्ने पनि जनाइएको छ । क्षेत्रनम्बर १ का उम्मेद्वार शत्रुघन विलास सिंह कुर्मीलाई जिताउन घरदैलो तथा मतदाता भेटघाटलाई तिव्र बनाउने पनि अध्यक्ष रायमाझीले बताउनुभयो ।

