कपिलवस्तु जूनियर जेसीजको आयोजनामा नगर स्तरिय वक्तृत्व कला प्रतियोगिता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु जूनियर जेसीजको आयोजनामा नगर स्तरिय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र अधिकार मात्र होइन कर्तव्य पनि हो भन्ने शिर्षकमा भएको वक्तृत्व कला प्रतियोगितामा बाणगंगा मा.वि. लौगाइकी प्रतिष्ठा भण्डारी प्रथम हुन सफल भएकी छन ।

त्यस्तै ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका सङ्कल्प भुषाल द्वित्तिय र होराइज इङ्गिलस बोर्डिङ्ग स्कुलकी एन्जिला गैरे सान्तवना हुन सफल भएकी छन ।

पुरष्कार वितरण पश्चात कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले बालबालिकाको सर्वाङ्गिण विकासको लागि अतिरिक्त क्रियाकलापको महत्पुर्ण भुमिका रहने बताउनुभयो । पछिल्लो समय विद्यार्थी किताबी ज्ञानमा मात्र निर्भर पर्ने गरेको भन्दै यस्ता क्रियाकलाप विद्यालयले पनि निरन्तर गराइरहनुपर्नेमा जोड दिनुभयो ।

एन्जल न्यौपाने कार्यक्रम संयोजक रहेको उक्त प्रतियोगिता कार्यक्रम कपिलवस्तु जूनियर जेसीजका अध्यक्ष नितेश बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कानुनी सल्लाहकार सन्दिप खनाल,  विभिन्न विद्यालयका प्रतिसपर्धी विद्यार्थी, शिक्षक, जेसीजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

No description available.

 

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *