कपिलवस्तुवासीको लागि एक्लै लड्ने छुः स्वतन्त्र उम्मेद्वार शर्मा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका आशिष शर्माले कपिलवस्तुवासीको लागि एक्लै भएपनि लड्ने बताएका छन । मतदाता भेटघाट तथा घरदैलोक कार्यक्रमम उहाँले जिल्लावसी र जिल्लाको विकासको लागि एक्लैभएपनि लड्ने बताएका हुन ।

निर्वाचन लक्षित भेटघाट कार्यक्रमलाई तिव्र बनाइरहेका शर्माले दलका प्रतिनिधिले के गर्छन भन्नेमा आफुलाई मत्लब नरहेको भन्दै जिल्लावासीको अफ्ठ्यारोमा सहयोग गर्न आफु हरपल तयार रहेको बताए ।

त्यस्तै उनले लामो समयदेखि कपिलवस्तुमा विकास र सुशासनका नाममा जनतालाई केवल आश्वासन मात्र बाँडिएको भन्दै अब वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । पुरानै अनुहार र पुरानै शैलीले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *