कपिलवस्तुमा राप्रपाको संगठन विस्तार तीब्र : रेनु सेनसहित दर्जनौँ नेता–कार्यकर्ता राप्रपामा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । फागुन २१ गते हुने आमनिर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले कपिलवस्तु जिल्लामा आफ्ना राजनीतिक गतिविधिहरू तीव्र पारेको छ। पार्टीले वडा, नगरदेखि जिल्ला तहसम्मका अधिवेशन, संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अभियान अघि बढाएको हो।

यसैक्रममा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी महिला नेतृ रेनु सेन राप्रपामा प्रवेश गर्नुभएको छ। उहाँलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले जानकारी दिनुभयो।

सेनसँगै नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमिति सदस्य हरी पाण्डे, नेपाली कांग्रेसको भातृ संगठन तरुण दल शुद्धोधन गाउँपालिकाका अध्यक्ष अमित पाण्डे सहित दर्जनौँ कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको केन्द्रीय सदस्य रायमाझीले बताउनुभयो।

केन्द्रीय सदस्य रायमाझीले देशमा बढ्दो राजनीतिक अस्थिरता र जनताको चाहनालाई सम्बोधन गर्न राप्रपा नै उपयुक्त विकल्पका रूपमा अगाडि आएको बताउनुभयो । पार्टीको राष्ट्रवादी एजेण्डा, सुशासन र पहिचानको राजनीतिप्रति आकर्षित हुँदै विभिन्न दलका नेता–कार्यकर्ता राप्रपामा समाहित भइरहेका उहाँको भनाई छ ।

उहाँका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तार, जनसम्पर्क र जनविश्वास सुदृढीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। राप्रपाको यो अभियानले जिल्लाको राजनीतिक माहोल थप सक्रिय बनेको देखिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *