कपिलवस्तुमा बजार अनुगमन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलबस्तु । कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारिएको छ । जिल्लाको विभिन्न ठाँउमा प्रशासन, उद्योग वाण्ज्यि तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलयले संयुक्त रूपमा बजार अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार चन्द्रौटा, बहादुरगञ्ज इमिलियामा करिब एक दर्जन होटल, रेस्टुरेन्ट, मिठाई पसलहरूमा अनुगमन गरिएको बताए । अनुगमनको क्रममा लेबल नलगाएको, म्याद गुज्रेको सामानहरू जफत गरी नष्ट गरिएको उनको भनाइ छ ।

अनुगमनको क्रममा ठुलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत कारबाही समेत गरिने उनको भनाइ छ । अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेस्टुरेन्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधितथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख राजेन्द्र सिंहले बताए ।

अखाद्य तेल र लेबल नलागएको वस्तु जाफत गरी नष्ट गरिएको उनको भनाइ छ । किराना पसलहरुमा अखाद्य वस्तु नबेच्न र होटल तथा चिया नास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको डिभिजन कार्यालयका अधिकृत सरोज खनालले बताए ।

घरेलु तथा साना उद्योगका प्रमुख सन्तोष खनालका अनुसार मुल्य सूची नभएकालाई मुल्य सूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताएका छन् । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।

अनुगमन टोलीले बुद्धभूमिको इमिलिया, शिवराजको चन्द्रौटा र कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज लगायतको स्थानमा बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा निर्देशनालयका वरिष्ठ शाखा अधिकृत अष्टराज गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सरोज खनाल, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्र्मा प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयका श्रवणकुमार शैनीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *