जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल कपिलवस्तु’ सञ्चालनमा आउने भएको छ ।
सोफा होलसेलको छैठौँ शाखाको रुपमा चारनम्बरमा महाशिवरात्रीको अवसरमा फाल्गुन ३ गते उद्घाटन हुने भएको सञ्चालक बिमल आले मगरले बताउनुभयो ।
उद्घाटनको दिन पसल भिजिट गरी कुपन मार्फत रु। एक लाख बराबरको बम्पर उपहार समेत जित्ने अवसर रहेको जनाइएको छ । सञ्चालक मगरका अनुसार गुणस्तरीय, टिकाउ, भरपर्दो फर्निचरको उत्कृष्ट गन्तव्यको रुपमा उक्त शाखा सञ्चालन गर्न लागेको हो ।

साथै स्थानीय स्तरमै रोजगारी सृजना गर्दै गुणस्तरीय तथा आकर्षक फर्निचर सेवा प्रदान गर्ने उद्देश्यसहित यो सोरूम सञ्चालनमा ल्याइएको हो । उनका अनुसार, ग्राहकको आवश्यकता र बजेट अनुसार विभिन्न डिजाइन र क्वालिटीका फर्निचर छनोट गर्न सकिनेछ ।


